+
+
Shares

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन र शृंखलाबद्ध हत्या विरुद्ध माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ।
  • जात व्यवस्था उन्मूलन मोर्चा नेपालले प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा देशैभरबाट उत्पीडित नागरिक र मानवअधिकारकर्मीहरूलाई समेटेर र्‍याली गरेको छ।
  • प्रदर्शनमा भूमिहिन दलितलाई जमिन व्यवस्था, दलित विद्यार्थीका लागि निशुल्क शिक्षा र दलित हत्याकाण्डको न्यायिक छानबिन गर्न आयोग गठनको माग गरिएको छ।

१० जेठ, काठमाडौं । जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो र्‍यालीमा देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी छन् ।

यो ऐतिहासिक विद्रोह दिवसको घोषणा ६ वर्षपहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विक लगायत ६ जना युवाको सम्मान र न्याय खोज्ने प्रतिरोधको रूपमा गरिएको थियो ।

अन्तरजातीय प्रेमकै कारण ज्यान फाल्नुपर्ने यो देश कस्तो गणतन्त्र हो ? भन्दै र्‍यालीमा सहभागी युवा अधिकारकर्मीहरूले आक्रोश पोखेका छन् । हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्य विना लोकतन्त्र अधुरो छ लगायतका प्लेकोर्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले भूमिहिन दलितहरूलाई खेतीयोग्य जमिनको व्यवस्था गर, दलित विद्यार्थीका निम्ति छात्रवृत्तिसहित निशुल्क शिक्षा सुनिश्चित गर र दलित हत्याकाण्डको न्यायिक छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर जस्ता सामरिक र नीतिगत मागहरू प्रश्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?