+
+
Shares

छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको छ ।
  • गुठीले यस वर्ष नवराज लम्साल, किरण कँडेल र विमला राईलाई क्रमशः गीत, सङ्गीत र गायनतर्फको पुरस्कार दिने भएको छ ।
  • लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई आगामी साउन ९ गते प्रदान गरिने गुठीले जनाएको छ ।

काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो ।

बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घोषणा गरेको छ । गुठीका सचिव दिनेश अधिकारीका अनुसार गीत रचनातर्फ नवराज लम्साल र सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘गुन भुल्यौ, पित्तलको सुन पायौँ होला…’ बोलको गीत रचना, सङ्गीत र गायनका लागि घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति आगामी साउन ९ गते हरिशयनी एकादशीका दिन प्रदान गरिने गुठीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?