+
+
Shares

सुदूरपश्चिमको भेला पार्टीमा विग्रह ल्याउन भएको होइन : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिमको भेला पार्टीमा विग्रह ल्याउन नभई एकताबद्ध र बलियो बनाउन आयोजना गरिएको दाबी गरेका छन् ।
  • उनले पार्टीभित्र उत्पन्न आन्तरिक समस्या र विग्रहका कारण निर्वाचनमा राम्रो परिणाम आउन नसकेको उल्लेख गरे ।
  • लेखकले पार्टी सभापति शेरबहादुर देउवाको लोकतान्त्रिक योगदानको कदर गर्दै राजनीतिमा सम्मानको वातावरण तयार हुनुपर्ने बताए ।

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा गरिएको भेला पार्टीमा कुनै विग्रह ल्याउनका लागि नभएको दाबी गरेका छन् ।

धनगढीमा आयोजित भेलामा सम्बोधन गर्ने क्रममा उनले पार्टीलाई एकताबद्ध बनाएर थप संगठित गर्नका लागि भेला आयोजित गरिएको जिकिर गरे ।

‘यो भेला पार्टीमा विग्रह ल्याउनका लागि होइन । नेपाली कांग्रेसलाई एकताबद्ध गरेर थप संगठित गर्नका लागि हो । थप सुव्यवस्थित गर्नका लागि हो,’ नेता लेखकले भने, ‘नेपाली कांग्रेस जसरी हिजोको दिनमा सबैभन्दा ठूलो लोकतान्त्रिक र सशक्त पार्टीको रुपमा स्थापित थियो । त्यसलाई कायम राख्नका लागि बृहत्तर एकता कायम राख्नका लागि भएको भेला हो यो ।’

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा पार्टीमा आएको विग्रह र समस्याकै कारण निर्वाचनमा हार व्यहोर्नपरेको उनको भनाइ थियो ।

‘भदौ २३ र २४ को घटनापछि मुलुकमा विशेष अवस्था सिर्जना भयो । यो बेलामा देशका लागि नेपाली कांग्रेस सबैभन्दा बढी एकताबद्ध, बलियो र जनताको बीचमा सबैभन्दा बढी आशाको केन्द्रको रुपमा अघि बढ्नुपर्नेमा पार्टीमा समस्या सिर्जना भयो,’ लेखकले भने, ‘…दुर्भाग्यले हामीले त्यो काम गर्न सकेनौं । विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयन भए । त्यसको कारण निर्वाचनमा असल परिणाम आउन सकेन ।’

त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि ठूलो योगदान गरेको भन्दै राजनीतिमा देउवालाई सम्मानको वातावरण तयार हुनुपर्ने लेखकको भनाइ थियो ।

‘शेरबहादुर देउवा जसले यो देशको लोकतान्त्रिक आन्दोलनका लागि काम गर्नुभयो । महत्त्वपूर्ण भूमिका रह्यो । कुनै पनि नेताको भन्दा उहाँको भूमिका कम आँक्न सकिंदैन । सुदूरपश्चिमका लागि विशेष काम गर्नुभएको छ,’ लेखकले भने, ‘उहाँको राजनीति सम्मानपूर्वक अघि व्यतित हुन सकोस् । उहाँले यो देशका लागि गर्नुभएको योगदानको उचित मूल्यांकनसहित सम्मानको स्थिति कायम रहोस् भन्ने पनि यो बेलाको अवस्था होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?