News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग "अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्" भन्दै आग्रह गरेका छन् ।
- नेता साउदले "तपाईंले सर्वसम्मतिले भएको कृयाशील सदस्यता चलाउनु हुन्न" भन्दै आग्रह गरेका छन् ।
- नेता साउदले पार्टीको आगामी महाधिवेशनका लागि "निर्वाचन समिति बनाउने, अनुशासन समिति पनि सर्वस्वीकार्य हुने गरि बनाउनु पर्छ" भन्ने माग गरेका छन् ।
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।
आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् ।
‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ भेलाका प्रमुख अतिथि साउदले भने, ‘क्रियाशील सदस्यताबारेमा थप विवाद नगर्नुस् ।’
कुनै क्रियाशील सदस्यले अनुशासन तोडेको छ भने अनुशासनको कारबाही गर्ने प्रक्रिया पार्टीको विधानले नै तय गरिसकेको उनको भनाइ छ ।
‘त्यो प्रक्रियाअनुसार सम्बन्धित मान्छेलाई हटाउन सकिन्छ,’ नेता साउदले भने, ’तपाईंले सर्वसम्मतिले भएको कृयाशील सदस्यता चलाउनु हुन्न । हामी यो पनि आग्रह गर्न चाहन्छौं ।’
पूर्व परराष्ट्रमन्त्री साउदले पार्टीमो निर्वाचन समिति सबै पक्षलाई स्वीकार्य हुने गरि अगाडि बढाइनु पर्ने पनि माग गरे ।
‘निर्वाचन समिति बनाउने, अनुशासन समिति पनि सर्वस्वीकार्य हुने गरि बनाउनुपर्छ,’ उनले भने
विशेष अधिवेशनमा सहभागी भएका र असहमत भएका बीच एकता र समन्वय पछि मात्रै १५ औं महाधिवेशन प्रभावकारी रुपमा आयोजना गर्न सकिने नेता साउदको भनाइ छ ।
प्रतिक्रिया 4