News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नरेफाँटमा १८ वर्षीय युवकमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले धनुषाका २८ वर्षीय धनराज यादवलाई पक्राउ गरेको छ ।
- छुरा प्रहारबाट घाइते सिरहाका करणकुमार साहले ज्यान मार्ने उद्योग र डाँका कसुरमा नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएका थिए ।
- प्रहरीका अनुसार रिसइबीका कारण मामाले बदला लिन शुक्रबार आफ्नै भान्जा साहमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि धारिलो हतियारबाट आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुरको टिकाथली बस्ने धनराज यादव रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आक्रमणबाट सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका थिए ।
आफूमाथि आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग र डाँका गर्न नहुने कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा उनले उजुरी दिएका थिए ।
उनको उजुरीपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
सोही घटनामा संलग्न रहेको भन्दै धनुषा नै घर भई टिकाथली बस्ने २८ वर्षीय धनराज यादवसहित परिचय नखुलेका ५/६ जनाको नाममा पनि प्रहरीमा उजुरी परेको थियो ।
घटनामा संलग्न अन्यलाई पनि खोजी गर्ने कार्य जारी रहेको एसपी भट्टराईले बताए ।
घटना शुक्रबार दिउँसो २ बजेतिरको हो । छुरा आक्रमणबाट हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको पीडितले दाबी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार कुट्ने र कुटाइ खाने सहोदर मामा–भान्जा हुन् । मामाले सम्झाउन खोज्दा उल्टै यसअघि टिकाथलीमाले भान्जाले मामालाई आक्रमण गरेको बताइएको छ । त्यसको बदलामा शुक्रबार मामाले भान्जालाई आक्रमण गरेको देखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4