+

एभर्टनलाई हराउँदै टोटनहम रेलिगेसनबाट जोगियो

२०८३ जेठ  १० गते २२:५७ २०८३ जेठ १० गते २२:५७
एभर्टनलाई हराउँदै टोटनहम रेलिगेसनबाट जोगियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभर्टनलाई १-० ले हराउँदै टोटनहम हटस्पर इङ्ग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ ।
  • टोटनहमको जितमा खेलको ४२औँ मिनेटमा जोआओ पालिन्हाले गरेको गोल नै निर्णायक बन्यो ।
  • जितसँगै टोटनहमले ४१ अङ्क जोडेर १७औँ स्थानमा सिजन सक्यो भने वेस्ट ह्‍याम, बर्नली र वुल्भ्स रेलिगेसनमा परेका छन् ।

१० जेठ, काठमाडौं । टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो ।

टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेनन् ।

जितपछि टोटनहम ३८ खेलमा ४१ अंक जोडेर १७औं स्थानमा रहेर सिजन फिनिस गरेको छ । एभर्टन भने ४९ अंकका साथ १३औं स्थानमा रह्‍यो ।

टोटनहमभन्दा तल रहेका वेस्ट ह्‍याम, बर्नली र वुल्भ्स रेलिगेसनमा परेका छन् ।

इंग्लिस प्रिमियर लिग टोटनहम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय