News Summary
Generated by OK AI. Editorially reviewed.- चोटका कारण मैदानबाहिर रहेकी कप्तान सावित्रा भण्डारीले साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई आफ्नो पूर्ण समर्थन रहेको बताइन् ।
- उनले भनिन्, “इन्जुरीका कारण साफमा यसपटक म मैदानमा हुने छैन । मेरो पूरा समर्थन हाम्रो नेपाली टोलीलाई हुनेछ ।”
- भारतको गोवामा आजदेखि शुरू हुने आठौं साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्दैछ ।
११ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोलीमा पूर्ण समर्थन रहेको सन्देश दिएकी छन् ।
इन्जुरीका कारण मैदानबाहिर रहेकी साम्बाले साफका लागि उत्साहित रहेको बताएकी हुन् । ‘इन्जुरीका कारण साफमा यसपटक म मैदानमा हुने छैन । मेरो पूरा समर्थन हाम्रो नेपाली टोलीलाई हुनेछ’ उनले भनेकी छन् ।
आठौं संस्करणको साफ महिला च्याम्पियनसिप आजदेखि भारतको गोवामा सुरु हुँदैछ ।
नेपालले पहिलो खेल भुटानसँग खेल्दैछ । साम्बाको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन् ।
प्रतिक्रिया 4