+

यू-२० एसियाली एथ्लेटिक्स खेल्न नेपाली टोली हङकङ जाने

२०८३ जेठ  ११ गते २०:३८ २०८३ जेठ ११ गते २०:३८
यू-२० एसियाली एथ्लेटिक्स खेल्न नेपाली टोली हङकङ जाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङमा हुने २२औं यू–२० एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ ।
  • मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ३ पुरुष र २ महिला खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली एथ्लेटिक्स टोलीलाई बिदाइ गर्नुभयो ।

११ जेठ, काठमाडौं । २२औं यू–२० एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएको छ ।

मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा बादल कार्कीले १ हजार ५००/३००० मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा अनुष्का अधिकारीले १००/२०० मिटर दौड, नारायणी भण्डारीले ८ सय÷१ हजार ५ सय मिटर दौड र संगीता विकले ४००/८०० सय मिटर दौडमा खेल्ने छन् ।

प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यू-२० एसियाली एथ्लेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय