+

सन्यास लिएका भारतीय क्रिकेटर विजय शंकरले लंका प्रिमियर लिग खेल्ने

२०८३ जेठ  १२ गते १९:०२ २०८३ जेठ १२ गते १९:०२
सन्यास लिएका भारतीय क्रिकेटर विजय शंकरले लंका प्रिमियर लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेट खेलाडी विजय शंकर श्रीलंकाको लंका प्रिमियर लिग २०२६ का लागि क्यान्डी रोयल्समा मार्की खेलाडीका रूपमा अनुबन्धित भएका छन् ।
  • क्यान्डी रोयल्सले शंकरसँगै एन्जेलो म्याथ्युज, वानिन्दु हसरंगा र मोइन अलीलाई पनि टोलीमा समेटेको छ ।
  • पाँच टोली सहभागी हुने लंका प्रिमियर लिगको छैटौं संस्करण आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म सञ्चालन हुनेछ ।

१२ जेठ, काठमाडौं । हालै भारतीय घरेलु क्रिकेट र आईपीएलबाट सन्यास लिएका विजय शंकर अब श्रीलंकाको लंका प्रिमियर लिग २०२६ मा खेल्ने भएका छन् ।

शंकरलाई क्यान्डी रोयल्सले आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको हो । उनीसँगै टोलीले एन्जेलो म्याथ्युज, वानिन्दु हसरंगा र मोइन अलीलाई पनि टोलीमा समेटेको छ ।

यस वर्षको लंका प्रिमियर लिगको खेलाडी ड्राफ्ट जुन १ मा हुनेछ । प्रतियोगिता जुलाई १७ देखि अगस्ट ८ सम्म सञ्चालन हुनेछ ।

पाँच टोली सहभागी हुने प्रतियोगिताको यो छैटौं संस्करण हो । अन्य चर्चित खेलाडीमा शाकिब अल हसन, रिजा हेन्ड्रिक्स र साहिबजादा फरहान पनि रहेका छन् ।

लंका प्रिमियर लिग विजय शंकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय