News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी क्लब इन्टर मियामीले लियोनेल मेस्सीको देब्रे ह्यामस्ट्रिङमा मांसपेशी थकानसम्बन्धी ओभरलोड समस्या देखिएको जानकारी दिएको छ ।
- मेस्सी अमेरिकी मेजर लिग सकरअन्तर्गत आइतबार भएको फिलाडेल्फियाविरुद्धको खेलमा ७३औं मिनेटमा मैदानबाट निस्किएका थिए ।
- मेस्सी मैदान कहिले फर्किने भन्ने विषय उनको शारीरिक अवस्था र रिकभरीको प्रगतिमा निर्भर रहने क्लबले जनाएको छ ।
१२ जेठ, काठमाडौं । अमेरिकी मेजर लिग क्लब इन्टर मियामी एफसीले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।
मियामी कम्युनिकेसन विभागकाअनुसार सोमबार गरिएको थप चिकित्सकीय परीक्षणपछि प्रारम्भिक रिपोर्टमा उनको देब्रे ह्यामस्ट्रिङमा मांसपेशी थकानसँग सम्बन्धित ‘ओभरलोड’ समस्या देखिएको छ ।
अमेरिकी मेजर लिग सकरअन्तर्गत आइतबार भएको फिलाडेल्फियाविरुद्धको खेलका क्रममा मेस्सी ७३औं मिनेटमा मैदानबाट निस्किएका थिए ।
प्रतिस्थापनका लागि मेस्सी आफैंले अनुरोध गरेका कारण पनि उनी घाइते भएको हुनसक्ने धेरैले चिन्ता व्यक्त गरेका थिए ।
विश्वकपअघि घाइते हुँदा मेस्सीले विश्वकप गुमाउने आंशका धेरै समर्थकमा बढेको थियो ।
मेस्सी कहिले मैदान फर्किने भन्ने विषय उनको शारीरिक अवस्था र रिकभरीको प्रगतिमा निर्भर रहने क्लबले जनाएको छ ।
प्रतिक्रिया 4