+

एसियन गेम्स छनोट : पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

२०८३ जेठ  १३ गते १३:०६ २०८३ जेठ १३ गते १३:०६
एसियन गेम्स छनोट : पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्सको महिला क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।
  • मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनायो ।
  • नेपालका लागि पूजा महतोले ६३ रनको अर्धशतकीय योगदान दिइन् भने रुबी पोद्दार २२ रनमा अविजित रहिन् ।

१३ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् ।

रुबी पोद्दार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४-४ रन बनाए ।

चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वान हुइङ र लिय जियापिङले १-१ विकेट लिए ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय