+

काभा महिला भलिबलको सेमिफाइनल आज, नेपालले इरानसँग खेल्दै

२०८३ जेठ  १४ गते ७:११ २०८३ जेठ १४ गते ७:११

समूह बी को विजेता इरान र उपविजेता नेपालबीच साँझ ५ बजे कभर्डहलमा दोस्रो सेमिफाइनल खेल हुनेछ ।

काभा महिला भलिबलको सेमिफाइनल आज, नेपालले इरानसँग खेल्दै

१४ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदैछ ।

आज घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्दैछ भने अर्को सेमिफाइनलमा भारतले काजखस्तानसँग खेल्नेछ ।

८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमश: समूह ए को विजेता र उपविजेता तथा इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सुरु हुनेछ । भारतले सन् २०२४ मा काठमाडौं भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान भने यस च्याम्पियनसिप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टिम हो ।

समूह ए मा भारतले ३ वटै खेल जितेर अपराजित रहेको थियो भने काजखस्तानले समूह बी मा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

यस्तै समूह बी को विजेता इरान र समूह ए को उपविजेता नेपालबीच साँझ ५ बजे कभर्डहलमै दोस्रो सेमिफाइनल हुनेछ । इरानले समूह बी मा खेलेको तीनवटै खेल जितेको थियो । जहाँ इरानले विपक्षी विरुद्ध सबै खेल सोझो सेटमा जितेको थियो ।

यसअघि सन् २०२४ मा काठमाडौंमा भएको प्रतियोगितामा इरान र नपालबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए ।

यता नेपालले समूहए मा दुई खेल जित्दा भारतसँगको खेलमा भने पराजित भएको थियो ।

सेमिफाइनलका दुई विजेताबीच शुक्रबार फाइनल खेल हुनेछ । यस च्याम्पियनसिपको विजेता एसियन कपम छनोट हुने नपाल भलिबल संघले जनाएको छ ।

काभा महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय