News Summary
Generated by OK AI. Editorially reviewed.- लियोनल मेस्सी क्रिस्टियानो रोनाल्डोपछि आधिकारिक रूपमा अर्बपति बन्ने संसारकै दोस्रो फुटबलर बनेका छन् ।
- सन् २००७ यता तलब, बोनस र व्यावसायिक सम्झौतामार्फत मेस्सीको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
- अमेरिकाको बर्कले हाइट्स नगरले फुटबलमा मेस्सीको योगदानको सम्मान गर्दै एउटा सडकको नाम ‘लियो मेस्सी वे’ राखेको छ ।
१७ जेठ, काठमाडौं । लियोनल मेस्सी आधिकारिक रूपमा अर्बपति फुटबलर बनेका छन् । उनी यो उपलब्धि हासिल गर्ने क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो फुटबलर हुन् ।
ब्लुमबर्गको विश्लेषणअनुसार ३८ वर्षीय मेस्सीले सन् २००७ यता तलब र बोनसबाट मात्रै ७० करोड अमेरिकी डलरभन्दा बढी कमाइसकेका छन् । कर, लगानीबाट भएको आम्दानी र विभिन्न व्यावसायिक सम्झौताबाट प्राप्त रकम जोड्दा उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
हालै मेस्सीले स्पेनको पाँचौ डिभिजनको क्लब कोर्नेला खरिद गरेर नयाँ मालिक बनेका थिए । हाल अमेरिकी क्लब इन्टर मियामी बाट खेलिरहेका मेस्सीले मैदानबाहिर पनि विभिन्न लगानी र ब्रान्ड साझेदारीमार्फत आफ्नो सम्पत्ति बढाएका छन् । सन् २०२३ मा साउदी क्लब अल नासरमा गएपछि रोनाल्डो अर्बपति फुटबलर बनेका थिए ।
यसैबीच, अमेरिकामा मेस्सीको लोकप्रियता थप बढेको छ । सन् २०२६ को फिफा विश्वकप २०२६ को तयारी भइरहेका बेला अमेरिकाको न्यु जर्सी राज्यस्थित बर्कले हाइट्स नगरले एउटा सडकको नाम ‘लियो मेस्सी वे’ राखेको छ ।
करिब १३ हजार जनसंख्या रहेको बर्कले हाइट्सले फुटबलमा मेस्सीको योगदानको सम्मानस्वरूप शर्मन एभिन्यूको एक खण्डलाई ‘लिओ मेस्सी वे’ नाम दिएको हो ।
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सी अहिले अमेरिकाकै फुटबल संस्कृतिमा पनि प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
प्रतिक्रिया 4