News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको दोस्रो खेलमा नेपाल ए गोवासँग ३ विकेटले पराजित भएको छ ।
- टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले निर्धारित ३४ ओभरमा ९ विकेट गुमाएर २१० रन बनाएको थियो ।
- नेपालका तृतराज दासले १०४ रन बनाए पनि गोवाले २११ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गर्यो ।
१७ जेठ, काठमाडौं । भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल ए पराजित भएको छ ।
३४ ओभरमा घटाइएको खेलमा नेपाल ए गोवासँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २११ रनको लक्ष्य गोवाले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
गोवाका लागि वीर यादवले ८० रन बनाए । ललित यादवले ४२ तथा स्नेहल कौथनकरले २३ रन बनाए । अभिनव तेज राना र दीपराज गावन्करले समान १६ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित ३४ ओभरमा ९ विकेट गुमाएर २१० रनको योगफल बनाएको थियो । तृतराज दासले ८६ बलमा १०४ रनको पारी खेले ।
अर्जुन कुमालले ५३ रन बनाए । बसिर अहमद १९ रनमा अविजित रहे भने राशिद खानले १४ रन बनाए ।
गोवाका लागि दीपराज गावन्करले ६ विकेट लिए । भी कौशिक र ललित यादवले १-१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा केरलासँग पराजित भएको थियो ।
-फाइल तस्वीर
प्रतिक्रिया 4