+
+
Shares

एमसीसी परियोजनामा आगामी वर्ष २९ अर्ब ३४ करोड खर्च लक्ष्य

अर्थ मन्त्रालयका अनुसार आफू मातहत रहेको एमसीए नेपालमा सरकारले २९ अर्ब ३४ करोड ४४ लाख विनियोजन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • विनियोजित बजेटमध्ये नेपाल सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख र वैदेशिक अनुदानबाट २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ बेहोरिने छ ।
  • चालु आर्थिक वर्ष २०८२/८३ मा यस परियोजनाका लागि संशोधित खर्च ७ अर्ब ४९ करोड १३ लाख रुपैयाँ छ ।

१८ जेठ, काठमाडौं । सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजनामा आगामी वर्ष २९ अर्ब ३४ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आफू मातहत रहेको ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए) नेपालमा सरकारले २९ अर्ब ३४ करोड ४४ लाख विनियोजन गरेको हो ।

यसमध्ये नेपाल सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख र वैदेशिक अनुदान २३ अर्ब ७८ करोड ६८ लाख खर्च गर्ने लक्ष्य राखिएको छ । यो परियोजनामा आर्थिक वर्ष २०८१/८२ मा भनेमात्र २ अर्ब ३३ करोड ७३ लाख खर्च भएको थियो ।

चालु आव २०८२/८३ को संशोधित अनुमान ७ अर्ब ४९ करोड १३ लाख छ । एमसीसी अन्तर्गत चालु खर्च १ अर्ब ३४ करोड ६४ लाख र पूँजीगत २७ अर्ब ९९ करोड ८० लाख बराबर हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?