News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन सभात कन्फेडेरेसनको महासचिवमा नेपालका लक्ष्मण बस्नेत चार वर्षका लागि नियुक्त भएका छन् ।
- नवनियुक्त महासचिव बस्नेतको कार्यकाल सन् २०२६ देखि २०३० सम्म रहनेछ ।
- तेक्वान्दोका पूर्व खेलाडी समेत रहेका बस्नेतले सन् २०२३ मा नेपालमा सभात संघको स्थापना गरेका थिए ।
१८ जेठ, काठमाडौं । एसियन सभात कन्फेडेरेसनको महासचिवमा नियुक्त नेपालका लक्ष्मण बस्नेत नियुक्त भएका छन् ।
नेपाल सभात एसोसिएसनका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक समेत रहेका लक्ष्मण बस्नेत एसियन सभात कन्डेडेरेसनले बस्नेतलाई ४ वर्षको लागि महासचिव नियुक्त गरेको जनाएको छ ।
उनको कार्यकाल २०२६ देखि २०३० सम्म रहनेछन् ।
नेपाल सभात संघले बस्नेतको चार वर्षे कार्यकाल सफलताको कामना गरेको छ । एसियन सभात कन्फेडेरेसनका डा. हमिद रेजा हेसारिकीले बस्नेतलाई पत्र पठाउँदै महासचिव नियुक्त भएको जानकारी गराएका छन् ।
तेक्वान्दोका पूर्व खेलाडी समेत रहेका लक्ष्मण बस्नेतले सन् २०२३ देखि नेपालमा सभात संघको स्थापना गरेका थिए ।
प्रतिक्रिया 4