+
+
Shares

महाकालीमा सशस्त्र प्रहरीका जवानसहित दुई जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डडेलधुराबाट शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर महाकाली नदीमा मृत फेला परेका छन् ।
  • स्थानीय तीर्थबहादुरको शव डडेलधुरातर्फ र सशस्त्र जवानको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्र नजिकै भारततर्फको महाकाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
  • भारतीय भूमिमा शव भेटिएका कारण सशस्त्र प्रहरी जवानको शवलाई भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने प्रहरी निरीक्षकले बताए ।

१९ जेठ, धनगढी । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था फेला परेका छन् ।

सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले दुवै जनाको शव महाकाली नदीमा फेला परेको पुष्टि गरे ।

उनकाअनुसार तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको हो भने सशस्त्रका जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमै भेटिएको हो ।

डीएसपी सिंहले डडेलधुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । बीओपी परिगाउँमा कार्यरत जवान पुनमगरको शव महाकाली नदी किनारमै भारतीय भूमीमा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले भारतीय भूमीमा मृत भेटिएका कारण पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल कार्य सकेर उतैतिर लगेको जानकारी दिए ।

अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन् ।  घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?