+

महिला इमर्जिङ नेसन्स ट्रफीमा १० टोलीले प्रतिस्पर्धा गर्ने

२०८३ जेठ  १८ गते १७:२४ २०८३ जेठ १८ गते १७:२४
महिला इमर्जिङ नेसन्स ट्रफीमा १० टोलीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइसीसीको बोर्ड बैठकले पहिलोपटक सन् २०२६ मा १० टोली सहभागी हुने महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्ने निर्णय गरेको छ ।
  • आइसीसीले सन् २०२७ को महिला च्याम्पियन्स ट्रफी आगामी १४ देखि २८ फेब्रुअरीसम्म सञ्चालन गर्ने गरी समयतालिका परिवर्तन गरेको छ ।
  • पाकिस्तानमा आयोजना हुने सन् २०२८ को महिला टी–२० विश्वकपका लागि छनोट प्रक्रिया अनुमोदन गरिएको छ ।

१८ जेठ, काठमाडौं । आईसीसीको बोर्ड बैठकले महिला इमर्जिङ नेसन्स ट्रफी २०२६ मा १० राष्ट्र सहभागी हुने निर्णय गरेको छ । प्रतियोगितामा पाँच पूर्ण सदस्य राष्ट्र र पाँच एसोसिएट सदस्य राष्ट्र रहनेछन् ।

टोली छनोट विश्व वरीयता र अघिल्लो महिला टी–२० विश्वकप छनोट प्रदर्शनका आधारमा हुने जनाइएको छ । यसअघि २०२५ मा भएको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै आईसीसीले महिला च्याम्पियन्स ट्रफी २०२७ को समयतालिका पनि परिवर्तन गरेको छ । यसअघि जुन–जुलाईमा हुने भनिएको प्रतियोगिता अब १४ देखि २८ फेब्रुअरी २०२७ सम्म सञ्चालन हुनेछ ।

यस्तै पाकिस्तानको आयोजनामा हुने महिला टी–२० विश्वकप २०२८ का लागि छनोट प्रक्रिया पनि अनुमोदन गरिएको छ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् ।

२०२६ को महिला टी–२० विश्वकपका शीर्ष आठ टोली, आयोजक राष्ट्र (यदि पहिले नै छनोट नभएको भए) र ६ जुलाई २०२६ सम्मको महिला टी–२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा उत्कृष्ट टोलीहरूले स्वतः स्थान बनाउनेछन् ।

बाँकी दुई टोली १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरमार्फत छनोट हुनेछन् । उक्त ग्लोबल क्वालिफायर क्षेत्रीय छनोट प्रतियोगितामा आधारित हुनेछ । क्षेत्रगत कोटा भने आगामी जुलाईमा हुने आईसीसी बैठकले तय गर्नेछ ।

आईसीसी आईसीसी बोर्ड बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय