News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला ४ सय र चाँदी ५० रुपैयाँले बढेको छ ।
- नयाँ निर्धारण अनुसार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय र चाँदी ५ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।
- बजेटले भन्सार दर वृद्धि गरेपछि आइतबार सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो ।
१९ जेठ, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी ५० रुपैयाँ बढेको हो ।
महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ९ सय रुपैयाँ थियो ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो ।
आज चाँदीको भाउ तोलामा ५० बढेको छ । अघिल्लो दिन ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4