+

जयकुमारनाथ शाह स्मृति यू-१६ क्रिकेट : डीएभी, ग्यालेक्सी र मोक्षदाको विजयी सुरुवात

२०८३ जेठ  १९ गते १४:१४ २०८३ जेठ १९ गते १४:१४
जयकुमारनाथ शाह स्मृति यू-१६ क्रिकेट : डीएभी, ग्यालेक्सी र मोक्षदाको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरविद्यालय क्रिकेटमा डीएभी स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गरेको छ ।
  • मोक्षदा स्कुलका गौतम कुमार पटेलले ४ रन खर्चेर ७ विकेट लिएपछि विज्डम एकेडेमीमाथि टोलीले १२३ रनको जित दर्ता गरेको छ ।
  • अर्को खेलमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस स्कुललाई ९० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

१९ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र मोक्षदा स्कुलले विजयी सुरुआत गरेका छन् ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा डीएभीले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गर्‍यो ।

२४२ रनको कठिन लक्ष्य पछ्याएको नेक्सस १२.४ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो। उसका लागि शिवम शाहले अविजित ११ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

डीएभीको जितमा केशव अग्रवाल र तनिष शाहले समान ३–३ विकेट लिए । कुन्जन आचार्यले २ विकेट हात पार्दा कमल शाही र प्रसिद्ध जैशीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २४१ रनको विशाल योगफल तयार गरेको थियो । टोलीका लागि कमल शाही ४८ बलमा ११ चौका र ३ छक्कासहित ९९ रनमा अविजित रहे । आरुष झाले ५६ रन बनाए भने कप्तान प्रसिद्ध जैशीले २० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४० रनको आक्रामक इनिङ्स खेले ।

यता, तल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ९० रनले पराजित गर्‍यो ।

ग्यालेक्सीले दिएको १४४ रनको लक्ष्य पछ्याएको ह्वाइटहाउस १६.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा सीमित भयो । उसका लागि प्रशन्न जैशीले सर्वाधिक ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ग्यालेक्सीको जितमा मिङ्मा तामाङले ३ विकेट लिए भने स्वीकृत रिजालले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ग्यालेक्सीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो । टोलीका लागि कप्तान स्वीकृत रिजालले सर्वाधिक ३३ रन बनाए । उनले ४० बलमा ३ चौका प्रहार गरे । खुसबेन्द्र साहले २७ रन योगदान गर्दा मिङ्मा तामाङले २० तथा अद्वोय घर्ती मगरले १९ रन जोडे ।

वैभव नारायण साह १५ रनमा अविजित रहे भने स्माइल लिंखा १ रनमा अविजित फर्किए । ग्यालेक्सीले अतिरिक्तबाट २७ रन प्राप्त गरेको थियो ।

ह्वाइटहाउसका लागि मधुर पोखरेलले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । आयुष शाही, प्रशन्न जैशी, रोमन अधिकारी र दाइची खड्काले समान १–१ विकेट हात पारे ।

त्यसैगरी, त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गौतम कुमार पटेलको घातक बलिङमा मोक्षदा स्कुलले विज्डम इङ्ग्लिस एकेडेमीलाई १२३ रनले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । टोलीका लागि संश्रय श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन गिरीले ३६ रन योगदान दिए । यमुन केसीले १७ तथा चन्दन कुमार बेलदार चौहानले अविजित १२ रन जोडे ।

विज्डमका लागि सुवास कुँवरले २ तथा सौरभ अधिकारीले १ विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याएको विज्डम ९.४ ओभरमै ४१ रनमा अलआउट भयो । साइमन लम्साल क्षेत्रीले अविजित ७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

मोक्षदाको जितमा गौतम कुमार पटेलले ४ ओभरमा केवल ४ रन खर्चेर ७ विकेट लिए । सौगत सेन्चुरी, यमुन केसी र सुयोग्य शाहले समान १–१ विकेट हात पारे ।

यो जितसँगै समूह ‘ई’ को मोक्षदा स्कुलले २ अंक जोड्दै क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय