+
+
Shares
सुदूरपश्चिम :

मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन मानबहादुरको अध्यक्षतामा कांग्रेस सांसदको बैठक

रावलकाे अध्यक्षतामा बसेको बैठकले शाहलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे थियो । उक्त बैठकमा ९ जना प्रदेश सभा सदस्यकाे उपस्थिति रहेकाे थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सभाका कांग्रेस ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।
  • कांग्रेसका ९ जना प्रदेश सभा सदस्यको उपस्थितिमा बसेको उक्त बैठकले विधान बमोजिम संसदीय दलको नेता फेरबदल गर्ने निर्णय गरेको हो ।
  • हस्ताक्षरकर्ता सांसदहरूले कुनै पनि हस्तक्षेप र दबाबबिना राजीखुसीले सो निर्णयमा हस्ताक्षर गरेको दाबी गरेका छन् ।

१९ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलकाे नेताबाट हटाउने निर्णय गर्ने बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेकाे पाइएकाे छ ।

रावलकाे अध्यक्षतामा बसेको बैठकले शाहलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे थियो । उक्त बैठकमा ९ जना प्रदेश सभा सदस्यकाे उपस्थिति रहेकाे थियो ।

स्रोतकाअनुसार बैठकमा प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चाैधरी,तुलसी देवकाेटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीकाे सहभागीता थियो ।

उनीहरूकाे उपस्थितिमा बसेकाे बैठकले संसदीय दलकाे विधान बमोजिम दल नेता फेरबदल गर्न सांसदकाे संख्या पुगेकाले दल उक्त निर्णय लिइएको उल्लेख छ ।

संसदीय दलकाे विधान बमोजिम दिगाे शान्ति तथा सुव्यवस्था सुदृढ गर्न संसदीय शासन प्रणालीअनुरूप विधानकाे धारा १८ काे उपधारा २ बमोजिम पूर्ण सदस्यकाे ५० प्रतिशत गणपुरक संख्या बढि पुग्न गएकोले निर्णय लिइएको भनिएकाे छ ।

हस्ताक्षरकर्ता सांसदले कुनै हस्तक्षेप र दबाबबिना राजीखुसी दस्तखस्त गरेकाे निर्णयमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?