News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री बालेन शाहले संसद्मा माफी माग्नुपर्ने अडान दोहोर्याएको छ ।
- प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील भएकाले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिए ।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको प्रमाण माग गरिरहेका बेला सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भने यसमा सहमत भएको छैन ।
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान दोहोर्याएको छ ।
मंगलबार ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको जिकिर गरे ।
साथै, उनले संसद्मा आएर माफी माग्नुपर्ने कांग्रेसको अडान यथावत् रहेको उनले बताए ।
‘हामी यो विषयलाई लिएर संवेदनशील छौं । प्रधानमन्त्री आएर संसद्मा माफी माग्नुपर्छ । अनि त्यसपछि मात्रै हामी संसद् चलाउन दिन्छौं,’ उनले भने ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।
तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची छ ।
प्रतिक्रिया 4