+
+
Shares

भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख रुपैयाँसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउण्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका कर्मचारी कमलनारायण विश्वास पक्राउ परेका छन् ।
  • विश्वास सोमबार राति बाटिक एयरमार्फत मलेसिया जान लाग्दा उनको लगेजभित्र रहेको फलामको कराईमा लुकाएको उक्त रकम फेला परेको हो ।
  • नेपाल एयरलाइन्समा १६ वर्षदेखि कार्यरत विश्वासले यसअघि २६ पटक बाह्य मुलुकको यात्रा गरिसकेको विमानस्थल प्रहरीले जनाएको छ ।

१९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् ।

सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र  ग्राउन्ड इक्युपमेन्ट अपरेटरमा कार्यरत थिए ।

उनी सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उनको लगेजमा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो ।

उनी अहिलेसम्म २६ पटक बाह्य मुलुलक यात्रा गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा फेला परेको हो । रकम ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?