+
+
Shares

महिला संघले भन्यो– प्रधानमन्त्रीमा कूटनीतिक विषयमा परिपक्वताको अभाव झल्किन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति कूटनीतिक रूपमा अपरिपक्व भएको टिप्पणी गरेको छ ।
  • प्रधानमन्त्रीले १९ जेठको संसद् बैठकमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो ।
  • महिला संघकी अध्यक्ष मिना खरेलले सो भनाइप्रति आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा स्पष्ट पार्न माग गर्नुभएको छ ।

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले प्रधानमन्त्री बालेन शाहले सीमाको विषयमा दिएको अभिव्यक्तिमा कूटनीतिक अपरिपक्वता भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री शाहले सीमा समस्याको बारेमा अपरिपक्व र राष्ट्रहित विपरीत अभिव्यक्तिप्रति दिएको महिला संघको निचोड छ । महिला संघको अध्यक्ष मिना खरेलद्वारी जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहको बोलीप्रति आपत्ति जनाइएको छ ।

‘राष्ट्रको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिले संसद जस्तो गरिमामय र जिम्मेवार मच्चमा कुनै ठोस ऐतिहासिक आधार, तथ्य वा प्रमाणबिना राष्ट्रिय हित प्रतिकूल असर पार्ने किसिमको अभिव्यक्ति दिनु अत्यन्त गैरजिम्मेवार, आपत्तिजनक तथा निन्दनीय कार्य हो,’ संघकी अध्यक्ष खरेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भनाइले राष्ट्रिय स्वाभिमानप्रतिको संवेदनशीलता र कूटनीतिक विषयमा अपेक्षित परिपक्वताको अभाव झल्काउने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता र सीमा सम्बन्धी स्थापित अडानलाई समेत कमजोर बनाउने खतरा उत्पन्न गर्दछ ।’

प्रधानमन्त्री शाहले सांसदहरूको जवाफ दिने क्रममा जेठ १९ गते संसद्‌मा नेपाले पनि भारतको सीमा मिचेको बताएका थिए । उक्त भनाइ सरकारको आधिकारिक धारणा हो, कुनै राजनीतिक दलको दृष्टिकोण हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार मात्र हो भन्ने विषयमा स्पष्टताको माग महिला संघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?