News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई 'चाकरीबाज' को संज्ञा दिएका छन् ।
- सांसद विश्वकर्माले नेपाल र भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभा बैठकमा प्रश्न उठाएका छन् ।
- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यहाँ उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
२० जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको भारत भ्रमणलाई चारकरीबाजको संज्ञा दिएका छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘भारतसँगको सम्बन्ध अहिले चिसिएको छ । यो चिसिएको बेलामा प्रधानमन्त्रीले आफ्नो पार्टीको सभापतिलाई दुतको रुपमा भारत गराउनुभएको छ । यो अर्को चाकरीबाजा हो यो ।’
रास्वपा सभापति लामिछाने पाँच दिने भारत भ्रमणमा छन् । लामिछाने भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा रहेका छ्न ।
यो बेला सांसद विश्वकर्माले नेपाल र भारत सीमाबारे प्रधनमन्त्रीको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै रास्वपा सभापति लामिछानेको भारतभ्रमणबारे टिप्पणी गरेका हुन् ।
गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिको विरोध गर्दै सांसद विश्वकर्माले यो विषय कहाँबाट कसरी आयो भनेर समेत प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4