+
+
Shares

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सांसदहरूको सुझाव

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १४:१६

२० जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए । उनले भने, ‘यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताए ।

नेकपा एमालेका सांसद सम्झना देवकोटाले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिइन् । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?