+
+
Shares

अस्ट्रेलियासँग सन्धि र चीनसँगको सुरक्षा सम्झौता पुनरावलोकन गर्ने सोलोमन टापुका प्रधानमन्त्रीको घोषणा

सोलोमन टापुले अस्ट्रेलियासँग एक विस्तृत रणनीतिक सन्धि गर्ने भएको छ। साथै उसले चीनसँग यसअघि गरेको सुरक्षा सम्झौताको पुनरावलोकन समेत गर्ने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोलोमन टापुका प्रधानमन्त्री म्याथ्यु वालेले अस्ट्रेलियासँग रणनीतिक सन्धि गर्ने र चीनसँगको सुरक्षा सम्झौता पुनरावलोकन गर्ने बताएका छन् ।
  • अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले द्विपक्षीय सम्बन्धलाई नयाँ रणनीतिक सन्धिमार्फत टुङ्गो लगाइने उल्लेख गरे ।
  • अस्ट्रेलियाले सोलोमन टापुलाई बढ्दो इन्धनको मूल्यसँग जुध्न र चक्रवात \'मैला\' को प्रभाव कम गर्न विशेष सहयोग गर्ने घोषणा गरेको छ ।

२० जेठ, काठमाडौं । सोलोमन टापुले अस्ट्रेलियासँग एक विस्तृत रणनीतिक सन्धि गर्ने भएको छ। साथै उसले चीनसँग यसअघि गरेको सुरक्षा सम्झौताको पुनरावलोकन समेत गर्ने भएको छ।

सोलोमन टापुका नयाँ प्रधानमन्त्री म्याथ्यु वालेले बुधबार अस्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन्। विगतमा चीनको आलोचना गर्दै आएका विपक्षी नेता वाले प्रधानमन्त्री बनेको तीन हप्ता पनि नहुँदै अस्ट्रेलिया भ्रमणमा आएका हुन्।

प्रशान्त महासागरीय क्षेत्रमा सोलोमन टापुलाई चीनको सबैभन्दा नजिकको साझेदार मानिन्छ। सन् २०२२ मा यी दुई देशबिच सुरक्षा सम्झौता भएपछि अस्ट्रेलिया, अमेरिका र अन्य छिमेकी देशहरूले चासो र चिन्ता व्यक्त गरेका थिए।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेले सोलोमन टापु अस्ट्रेलियाको सधैँ असल मित्र रहेको बताएका छन्। उनले विगत केही वर्षमा दुई देशबिच केही समस्याहरू देखिए पनि अब सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन खोजेको उल्लेख गरे।

प्रधानमन्त्री वालेले चीनसँगको सो सम्झौतामा गोपनीयता राख्नुपर्ने सर्त भएकाले आफूले केही दिनअघि मात्र त्यसको पूर्ण प्रतिलिपि पाएको बताए। उनले सम्झौताको प्रतिलिपि पाउनका लागि संघर्ष गर्नुपरेको र केही मुख्य पदमा रहेका व्यक्तिहरूलाई हटाउनुपरेको समेत खुलाए।

चीनको विदेश मन्त्रालयले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले सोलोमन टापुको अनुरोधमा द्विपक्षीय सम्बन्धलाई अझ उच्च तहमा लैजान लागिएको र यसलाई नयाँ रणनीतिक सन्धिमार्फत टुङ्गो लगाइने बताए। अस्ट्रेलियाले सोलोमन टापुलाई बढ्दो इन्धनको मूल्यसँग जुध्न र यसै वर्षको चक्रवात ‘मैला’ को प्रभाव कम गर्न विशेष सहयोग प्याकेज दिने घोषणा गरेको छ।

सन् २०२४ मा अस्ट्रेलियाले सोलोमन टापुको प्रहरी बलका लागि १० करोड डलरभन्दा बढी सहयोग उपलब्ध गराएको थियो। जानकारहरूका अनुसार, वालेको यो भ्रमणले अस्ट्रेलियासँगको सम्बन्ध सुधारका लागि निकै स्पष्ट सङ्केत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?