+
+
Shares

कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत, के–के समेटिए ? (पूर्णपाठ)

नीति तथा कार्यक्रममा विशेषगरी कृषि, स्वास्थ्य, सडक पूर्वाधार, खेल र सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखिएको छ । धेरैजसो पुराना कार्यक्रमहरूलाई नै नयाँ नीति तथा कार्यक्रम समेटेर ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
  • आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिएको सरकारले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न ११ भन्दा बढी नारा तय गरेको छ ।
  • सरकारले शिक्षातर्फ १० वर्षे सुधार नीति र विद्यालयका विद्यार्थीलाई हेल्थ एम्बेसडरका रूपमा विकास गर्न ‘लिटिल डाक्टर कार्यक्रम’ ल्याएको छ ।

२० जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितमा मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा विशेषगरी कृषि, स्वास्थ्य, सडक पूर्वाधार, खेल र सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखिएको छ । धेरैजसो पुराना कार्यक्रमहरूलाई नै नयाँ नीति तथा कार्यक्रम समेटेर ल्याइएको छ ।

बजेट कार्यान्वयन सुधार, आयोजनाको छनोट, आन्तरिक आम्दानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर बताइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री कँडेलले आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिइएको बताए ।

कृषिलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको सरकारले ११ बढी आकर्षक नारामा समावेश गरेको छ । उक्त नीति कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र विविधीकरण गर्दै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र निर्यातमा प्रोत्साहन गर्ने नीति सरकारले ल्याएको छ ।

नीति तथा कार्यक्रममा ‘एक गाउँ एक व्यावसायिक फलफूल बगैँचा,’ ‘स्वस्थ माटो, दिगो उत्पादन’ र ‘एक स्थानीय तह, एक कृर्षी पाठशाला’ अभियान जस्ता नाराहरू समेत समावेश छन् । सुर्खेत, दैलेखमा कृत्रिम गर्भाधान, गोठ सुधार, घाँस सुधार जस्ता कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सार्वजनिक जमिनको संरक्षण, बाँझो जमिनको खोजी गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षातर्फ १० वर्षे शिक्षा सुधार नीतिसमेत प्रदेश सरकारले ल्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागी ‘लिटिल डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । समुदाय स्वास्थ्य प्रवर्द्धन गर्न विद्यालयका विद्यार्थीहरूलाई हेल्थ एम्बेष्टरका रूपमा विकास गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मुख्यमन्त्री कँडेलले बताए ।

यस्तै ‘एक घर, एक धारा’ नीतिका साथै जगदुल्ला लगायतका जलविद्युत् आयोजनामा लगानी गरिने विषय पनि समेटिएको छ । यो कार्यक्रम विगतकै निरन्तरता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?