+
+
Shares

एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक

पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले अद्यावधिकको विरोध गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते एकैदिन ६१ हजार ८२५ जनाले सदस्यता अद्यावधिक गरेका छन् ।
  • नेपाली कांग्रेसको सदस्यता अद्यावधिक गर्ने अन्तिम समयसीमा जेठ २१ गते मध्यरातसम्म तोकिएको छ ।
  • सदस्यता अद्यावधिक गर्ने निर्णयप्रति पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै विरोध गरेको छ ।

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ ।

सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले सदस्यता अद्यावधिक गरेका छन् । दुलालले भने,‘हिजो करिब ६२ हजारले अद्यावधिक गरे । आज पाँच बजेसम्म ४७ हजार पुगेको छ । आज अबेर रातिसम्म हिजोको जति नै संख्या पुग्ने देखिन्छ ।’

पार्टीले सदस्यता अद्यावधिक गर्ने निर्णय लिएपछि पार्टीको अर्को पक्ष असन्तुष्ट बनेको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले अद्यावधिकको विरोध गर्दै आएको छ । पार्टी संस्थापन पक्षले अद्यावधिक गर्नैपर्ने अडान राखेर नेताहरुलाई जिम्मेवारी दिएर प्रदेशगत खटाएको छ ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले अद्यावधिकको बारेमा नेता कार्यकर्तालाई प्रदेशहरुमा कार्यक्रम गराएर जानकारी गराएको छ । पछिल्लो समय अनलाइनबाट अद्यावधिक गर्ने कार्यलाई सहज बनाइएपछि संख्या उल्लेख्य बढेको सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?