News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाँच जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
- नयाँ मन्त्रीहरूमा नेकपा एमालेका चार जना र जनता समाजवादी पार्टीका एक जना रहेका छन् ।
- नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आगामी २५ जेठ सोमबारका लागि तय गरिएको छ ।
२० जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई नियुक्त गरिएको छ । नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हालेका थिए । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो । नव नियुक्त मन्त्रिहरुको शपथग्रहण जेठ २५ गते सोमबारका लागी तय भएको छ ।
प्रतिक्रिया 4