+

अपी स्कुल जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेटको क्वाटरफाइनलमा

२०८३ जेठ  २१ गते १७:४१ २०८३ जेठ २१ गते १७:४१
अपी स्कुल जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेटको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपी स्कुलले ज्ञान मन्दिरलाई १९१ रनले पराजित गर्दै यू-१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  • संस्कृति इन्टरनेसनल स्कुलले अक्षरा स्कुललाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा जित दर्ता गरेको छ ।
  • अक्षारिका स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

२१ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा अपी स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुललाई १ सय ९१ रनले पराजित गर्दै लगातार दोस्रो जितसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अपीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६५ रनको विशाल योगफल तयार गरेको थियो । अपीका कुसुम प्रसालले ६७ बलमा १ सय २० रनको विस्फोटक शतकीय इनिङ्स खेले भने कप्तान युगान्त कार्कीले ३५ बलमा ८२ रन जोडे ।

२ सय ६६ रनको लक्ष्य पछ्याएको ज्ञान मन्दिर १८ ओभरमा ७४ रनमै समेटियो। उसका लागि सोनु कुमारले अविजित ३८ रन बनाए ।

अपीको जितमा विशाल बुढा र कुसुम प्रसालले समान २–२ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका कुसुम प्रसाल ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई पिक पोइन्टको तर्फबाट नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।

यसअघि अपीले समूह ‘डी’ को पहिलो खेलमा एन्जल्स हार्ट नेसनल स्कुललाई ८ रनले पराजित गरेको थियो । लगातार दोस्रो जितसँगै अपी समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यस्तै, अर्को खेलमा संस्कृति इन्टरनेसनल स्कुलले अक्षरा स्कुललाई ५ विकेटले पराजित गरेको छ।

तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अक्षराले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। नेयोल राउतले सर्वाधिक ३० रन बनाए। संस्कृतिका गेबांशजंग लामिछाने, प्राञ्जल देवकोटा, प्राञ्जन शर्मा देवकोटा र गर्भ बहेतीले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा संस्कृतिले १८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । गेबांशले अविजित ६४ रनको उत्कृष्ट इनिङ्स खेले।

गेबांशजंग ‘प्लेयर अफ द म्याच’ घोषित भए। उने पिक पोइन्टकोतर्फबाट नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरे। समूह एफ को यसअघिको पहिलो खेलमा अक्षराले रत्न राज्य माध्यमिक विद्यालयलाई पराजित गरेको थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा अक्षारिका स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। यसअघि पहिलो खेलमा अक्षरिका जेम्स स्कुलसँग १२५ रनले पराजित भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको अक्षारिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो। टोलीका लागि कप्तान आर्यन शाहले सर्वाधिक २७ रन बनाए भने दिव्यांश जोशी १७ रनमा अविजित रहे। अतिरिक्तबाट अक्षारिकाले ४६ रन प्राप्त गरेको थियो । जितसँगै दुई खेलम अक्षरिकाले दुई अंक जोडेको छ ।

१३८ रनको लक्ष्य पछ्याएको लिभरपुल १८.३ ओभरमा १०० रनमै अलआउट भयो। उसका कप्तान राजन खड्काले ३८ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

अक्षारिकाको जितमा प्रशम हुमागाईं, सम्भ्रान्त लायालु र आशिष थापाले समान २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका आर्यन शाह ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले पिक पोइन्टको तर्फबाट नगद रु १ हजार ५ सय पाए ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा २४ विद्यालय सहभागी छन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय