+

फ्रान्समाथि आइभरी कोस्टको ऐतिहासिक जित

२०८३ जेठ  २२ गते ११:१० २०८३ जेठ २२ गते ११:१०
फ्रान्समाथि आइभरी कोस्टको ऐतिहासिक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को वार्म अप खेलमा आइभरी कोस्टले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।
  • आइभरी कोस्टका लागि गुएला डुएले एक गोल गरे भने अमाद डियालोले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
  • फ्रान्सका रायन चेर्कीले सुरुवाती गोल गरे पनि आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

२२ जेठ, काठमाडौं । आइभरी कोस्टले फ्रान्समाथि ऐतिहासिक जित हासिल गरेको छ । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ ले पराजित गरेको हो ।

आइभरी कोस्टले सनसनीपूर्ण पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो । नान्टेसमा भएको खेलमा आइभरी कोस्टलाई जित दिलाउने मुख्य पात्र बने गुएला डुए, जसले एक गोल गरे र अर्को गोलको अवसर सिर्जना गरे ।

यो जित अझ विशेष बन्यो किनभने डोउए फ्रान्स तथा पीएसजी स्टार डिजायर डुएका जेठा दाजु हुन् । यस खेलमा उनले आफ्नै भाइको राष्ट्रिय टोलीविरुद्ध निर्णायक भूमिका निभाए ।

फ्रान्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो । रायन चेर्कीले शानदार गोल गर्दै टोलीलाई अगाडि राखेका थिए ।

तर दोस्रो हाफमा खेलको दिशा परिवर्तन भयो । डुएले ५३औं मिनेटमा निकोलस पेपेको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि उनले दिएको क्रसमा अमाद डियालोले गोल गर्दै आइभरी कोस्टलाई ऐतिहासिक जित दिलाए ।

फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा केही आक्रामक प्रयास गरे पनि दोस्रो हाफपछि परिवर्तन गरिए । फ्रान्सले पहिलो हाफमा खेल नियन्त्रणमा राखेको थियो । माइकल ओलिस र मार्कस थुरामले पनि अवसर बनाए तर गोलमा परिणत गर्न सकेनन् ।

विश्वकपअघि फ्रान्सविरुद्धको जितले आइभरी कोस्टको आत्मविश्वास बढाएको छ । आइभरी कोस्टले जुन १५ मा इक्वेडरसँग खेल्दै आविश्वकप यात्रा सुरु गर्नेछ ।

आइभरी कोस्ट फिफा विश्वकप फिफा विश्वकप २०२६ फ्रान्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय