+
+
Shares

काठमाडौं महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले 'टोल टोलमा फिल्म महोत्सव' सञ्चालन गर्न इच्छुक गैरनाफामूलक सामुदायिक सङ्घसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ ।
  • इच्छुक संस्थाले ७ दिनभित्र महानगरको सम्पदा तथा पर्यटन विभागमा विस्तृत प्रस्ताव पेश गर्नुपर्नेछ ।
  • सिर्जनात्मक उद्योगको विकास गर्ने उद्देश्यले खुला स्थानमा आयोजना गरिने महोत्सवका लागि प्राविधिक सहयोग महानगरले उपलब्ध गराउनेछ ।

काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि महानगरपालिकाले इच्छुक सामुदायिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संघसंस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव मागेको जनाएको हो ।

सूचनाअनुसार महानगरपालिकाले उपलब्ध गराउने स्थान, समय, सर्त तथा मापदण्डको आधारमा कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रस्ताव ७ दिनभित्र सम्पदा तथा पर्यटन विभागमा पेश गर्नुपर्नेछ ।

महोत्सवका लागि परम्परागत टोल, बहाः, बही, चोक, नदी किनार, एम्फिथिएटर तथा पार्कजस्ता खुला स्थान प्रयोग गर्न सकिने जनाइएको छ ।

महानगरपालिकाले छनोट भएका संस्थासँग सहकार्य गरी सहभागितामूलक ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने जनाएको छ । साथै क्युरेटेड फिल्म प्रदर्शनका लागि एलईडी स्क्रिन, साउण्ड सिस्टमलगायत आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराइने बताइएको छ ।

युनेस्कोको रचनात्मक सहरअन्तर्गत फिल्म विधाको सदस्य रहेको महानगरपालिकाले सृजनात्मक उद्योगको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम अघि बढाएको जनाएको छ ।

यसवर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएर फर्किएपछि कार्यवहाक नगरप्रमुख सुनिता डंगोलले यो कार्यक्रम संचालन हुन लागेको जानकारी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?