News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणा र अभियानकर्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने सहमति गरेका छन् ।
- उनीहरूले संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने प्रतिबद्धतासहित शुक्रबार ११ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
- नयाँ दलले पृथ्वीनारायण शाहको दिव्य उपदेश, सुधारमुखी संघीयता र दोहोरो नागरिकताको नीति लिने सहमति गरेको छ ।
२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाइले नयाँ दल गठन गर्ने सहमति गरेका छन् ।
राणा र प्रसाईंले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।
किरात, बौद्ध सहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुई पक्षले गरेका छन् ।
संवैधानिक राजसंस्था पुनर्स्थापना लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको सहमतिमा उल्लेख गरिएको छ ।
पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अंगाल्ने नीति लिइएको छ ।
सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो नागरिकता राख्न पाउनने व्यवस्थामा दुई पक्षबीच सहमत भएका छन् ।
विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने सहमति गरिएको छ ।
हेर्नुहोस् सम्झौता :

प्रतिक्रिया 4