News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले कूटनीतिक विषयहरू हल्ला गरेर भन्दा चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।
- पाँच दिने भारत भ्रमण सकेर फर्किएका उनले सीमा विवादलाई कूटनीतिक माध्यमबाट सहज रूपमा समाधान गर्ने बताए ।
- उनले कूटनीति लोकप्रियताका लागि नभई संवेदनशीलता र जिम्मेवारी बुझेर समाधान गर्ने विषय भएको स्पष्ट पारे ।
२२ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएका छन् ।
पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने बताए ।
विमानस्थलमा लामिछानेलाई सीमा विवादबारे प्रश्न गरिएको थियो । उनले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि बढ्ने बताए ।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ उनले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’
कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि उनले आग्रह गरे ।
‘कूटनीतिको विषय देशको सबैभन्दा धेरै जनाले पतयाएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय त्यसका जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको धेरै महत्व हुँदैन,’ उनले भने ।
लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको उनको भनाइ छ ।
‘लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ । कूटनीतिका पनि चरण हुन्छ । त्यसका चरणमा सहि ठाउँमा त्यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो आज पनि राख्छ,’ उनले भने ।
प्रतिक्रिया 4