News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले २२ जेठका दिन प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताए ।
- परराष्ट्र मामिला र परराष्ट्र नीतिजस्ता विषय कुनै पार्टी विशेषको नभई देशको हुने लामिछानेको भनाइ छ ।
- परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा वास्तविकता जानकारी गराइसकेकाले यस विषयमा थप खोतल्नु नपर्ने उनले उल्लेख गरे ।
२२ जेठ, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् ।
सरकार प्रमुखले दिएको अभिव्यक्ति विवादित भएपछि सरकारकै निकायबारे आधिकारिक जवाफ आएको भन्दै उनले आफ्नो छुट्टै धारणा भने दिएनन् ।
यस्ता विषयहरू पार्टीको विशेष नहुने पनि उनको भनाइ थियो ।
‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री भएको हुनाले सरकारले त्यसको बारेमा परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ । त्यो नै सरकारको धारणा हो ।’
परराष्ट्रले उक्त धारणा दिइसकेपछि त्यसबारे धेरै भन्न नपर्ने उनको भनाइ थियो ।
‘परराष्ट्र मन्त्रालयले हामीले भन्न खोजेको के हो, त्यसको वास्तविकता यो हो भनेर आधिकारिक रुपमा जानकारी गराइसकेपछि त्यो भन्दा धेरै खोज्न पर्ने जस्तो लाग्दैन,’ लामिछानेले भने ।
प्रतिक्रिया 4