News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा स्पष्टता नभएको र यो केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको रहेको बताए ।
- बजेटमा सबै राष्ट्रिय दलका विषय समेटिए पनि सरकारको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोण र प्राथमिकता नदेखिएको उनले बताए ।
- बजेटका अधिकांश कार्यक्रम विगतका सरकार र राजनीतिक दलहरूले अघि सारेका आयोजनाहरूको निरन्तरता जस्तै देखिएको उनले बताए ।
२३ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको दखिएको उनको भनाइ छ ।
पुनले पपुलिजमको विशेषता सबैलाई कर्णप्रिय लाग्ने खालका कार्यक्रम प्रश्तुत गरेको र ती कार्यान्वयनमा कत्तिको सम्भव हुन्छन् भन्नेबारे स्पष्टता नहुने बताउँदै सरकारले ल्याएको बजेट पनि त्यस्तै रहेको उनले जिकिर गरे ।
‘बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ । तर हाम्रो वैचारिक आलोचना के हो भने यो दृष्टिकोण केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देखिन्छ । पपुलिजमको विशेषता भनेको सबैलाई कर्णप्रिय लाग्ने कुरा गर्ने, तर ती कुरा व्यवहारमा पूरा हुन्छन् वा हुँदैनन् भन्ने विषयमा पर्याप्त स्पष्टता नहुनु हो,’ उनले भने ।
बजेट निर्माणमा सबै राष्ट्रिय दलहरूले उठाउँदै आएका विषयहरूलाई समेटिएको देखिए पनि सरकारको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोण र प्राथमिकता भने पर्याप्त रूपमा नदेखिएको उनले टिप्पणी गरे ।
‘यो बजेट निर्माण गर्दा पनि सबै राष्ट्रिय दलहरूले उठाउँदै आएका विषयहरूलाई समेट्ने प्रयास गरिएको छ । तर सरकारको आफ्नै स्पष्ट विचार, राजनीतिक दृष्टिकोण र प्राथमिकता के हो भन्ने कुरा पर्याप्त रूपमा देखिन सकेको छैन,’ उनले भने, ‘बजेट हेर्दा सबै विषय समेटिएको जस्तो देखिन्छ । अधिकांश कार्यक्रमहरू विगतका सरकार र राजनीतिक दलहरूले अघि सारेका आयोजनाहरूको निरन्तरता जस्ता पनि देखिन्छन् ।’
पूर्वअर्थमन्त्री पुनले मुख्य प्रश्न सरकारको प्राथमिकतासँग सम्बन्धित रहेको पनि बताए ।
प्रतिक्रिया 4