+
+
Shares

कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा

प्रहरी अधिकारीहरूका अनुसार, प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास गरिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
  • प्रदर्शनका समर्थक र विरोधीहरूबीच हुनसक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरीले पूर्वसावधानी स्वरूप यो कदम चालेको जनाएको छ ।

२२ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दुई समूहबीच हुनसक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार, प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास गरिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

हालसम्म स्थिति नियन्त्रणमै रहेको र अन्य कुनै अप्रिय घटना नघटेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?