+
+
Shares

कक्रोच जनता पार्टीले घोषणा गर्‍यो ३ प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १३:३२
Photo Credit : Screengrab from Cockroach Janta Party's website

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कक्रोच जनता पार्टीले खोज पत्रकार सौरभ दास, विजेता दहिया र आशुतोष रांकालाई नयाँ प्रवक्ता तोकेको छ ।
  • नवनियुक्त प्रवक्ताहरूले जनता र सञ्चारमाध्यम सामु आन्दोलनसँग जोडिएका पार्टीका धारणाहरू राख्ने सीजेपीले उल्लेख गरेको छ ।
  • संस्थापक अभिजित दीपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जुन ६ मा जन्तर-मन्तरमा विरोध प्रदर्शन गर्ने बताए ।

२० जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले तीन जना प्रवक्ताको नाम घोषणा गरेको छ। आधिकारिक एक्स ह्यान्डलमार्फत यसको जानकारी दिइएको हो।

कक्रोच जनता पार्टीले एक्समा लेखेको छ, ‘नियुक्त गरिएका तीन प्रवक्ताले जनता र सञ्चारमाध्यम सामु आन्दोलनसँग जोडिएका कुराहरू राख्नेछन्।’

सीजेपीले भनेको छ, ‘खोज पत्रकार सौरभ दासलाई मुख्य प्रवक्ता बनाइएको छ। लेखक तथा चलचित्र निर्माता विजेता दहिया र आईआईटी कानपुरका पूर्व विद्यार्थी आशुतोष रांकाले पनि प्रवक्ताको जिम्मेवारी निर्वाह गर्नेछन्।’

एक्स पोस्टमा अगाडि लेखिएको छ, ‘सीजेपी भारतको राजनीतिको भाषा र सोच बदल्नका लागि काम गरिरहेको छ र यो काम नयाँ पुस्ताका नेताहरूको नेतृत्वमा अगाडि बढ्नेछ।’

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले पार्टीले जुन ६ मा भारत फर्कने बताएका छन्। उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर-मन्तरमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?