0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड पनि नजाने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य समस्याका कारण रास्वपाको सर्वदलीय बैठकमा कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् ।
  • नेपाली कांग्रेसका सभापति गगन थापा बैठकमा सहभागी नहुने भएपछि कांग्रेसबाट भीष्मराज आङ्दम्बे र फिरदोश आलम सहभागी हुँदै छन् ।
  • रास्वपा सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

२५ जेठ, काठमाडौं । रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेकाले प्रचण्ड सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन अनन्त सहभागी हुनेछन् ।

प्रचण्डलाई केही दिनअघि निमोनियाको समस्या देखिएको थियो । उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको थियो । हालै डिस्चार्ज भएका उनी पहिलेको तुलनामा कमजोर देखिएकाले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । त्यसैले प्रचण्डले सर्वदलीय बैठकमा आफू नजाने निर्णय गरेका हुन् ।

उनले नेताहरु माधव नेपाल र वर्षमान पुनलाई सर्वदलीय बैठकमा गएर पार्टीको धारणा राख्न भनेको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।

कांग्रेस सभापति थापा पनि नजाने

सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाट सभापति गगन थापा पनि सहभागी हुने छैनन् । कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्रै सहभागी हुने सो पार्टीका एक पदाधिकारीले जानकारी दिए ।

भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति रवि लामिछानेले आज बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?