News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।
२५ जेठ, काठमाडौं । सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो ।
यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ । सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार भने ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4