News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने डोल्पा, हुम्ला र मनाङसहित पाँच जिल्लामा अधिवेशन भएको छैन ।
- जिल्ला अधिवेशन सम्पन्न भएसँगै जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु गर्ने रास्वपाको कार्यतालिका छ ।
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संखया १२ वटा छ । एउटा जिल्लाको अधिवेशन स्थगीत भएको छ भने पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङमा अधिवेशन भएको छैन ।
रास्वपाको जिल्ला अधिवेशन यही जेठ २३ गतेबाट सुरु भएको हो । जिल्ला अधिवेशन सकाएर जेठ २६ गते अर्थात, भोलिदेखि सात प्रदेशको अधिवेशन सुरु गर्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4