0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्‍याउनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:१३

२५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेको दाबी गरेका छन् । ट्रम्पले सोमबार यसो भनिरहँदा उता इजरायल र इरान भने एकअर्कामाथि गरिरहेका थिए ।

‘इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेका छन् । शान्ति  सम्बन्धी अन्तिम वार्ता अगाडि बढिरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमा लेखेका छन्, ‘अज्ञानता वा मूर्खताले बाधा पुर्‍याउनसक्छ ।’

‘अन्तिम सम्झौता’ नभएसम्म नाकाबन्दी पूर्ण शक्ति र प्रभावका साथ रहने उनले बताएका छन् । ‘चीजहरू छिटो अघि बढ्नुपर्छ । यस विषयमा तपाईंको एकाग्रताका लागि धन्यवाद,’ ट्रम्पले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?