News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आईएमएस कीर्तिपुर र बूढानीलकण्ठले सोमबार जित हात पारेका छन् ।
- प्रतियोगिताअन्तर्गत पुरुषतर्फकै अन्य खेलहरूमा दारीले प्ले बक्सलाई र सोलोले धरानलाई पराजित गरेका छन् ।
- महिलातर्फ स्टार्स ग्रान्डीले बूढानीलकण्ठलाई ४९–३५ ले पन्छाउँदा विजेता टोलीकी रिन्चेन मोक्तानले १८ स्कोर गरिन् ।
२५ जेठ, काठमाडौं । आईएमएस कीर्तिपुर र बूढानीलकण्ठले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार जित हात पारेका छन् ।
कीर्तिपुरले बौद्धलाई ६८–६० ले पराजित गर्यो । विजेताका अभिषेक सिंहले २९ स्कोर गरे । सुरुका दुई क्वाटरमा १४–९ र १३–१८ ले पछि परेको कीर्तिपुरले त्यसपछिको खेलमा पुनारगमन गर्दै जित हात पार्न सफल भयो । कीर्तिपुरले तेश्रोमा १७–११ र चौथोमा २४–१२ को अग्रता बनाउदै जित सुनिश्चित गर्यो ।
बूढानीलकण्ठले रोमाञ्चक खेलमा गोल्डेनगेटलाई ७९–७४ ले हरायो । बूढानीलकण्ठका विजय लामाले १९ अंक जोडे ।
तश्रो क्वाटरको समाप्तिसम्म गोल्डेनगेट ५८–४८ ले अघि थियो । गोल्डेनगेटले पहिलोमा १३–२१, दोश्रोमा २४–१२ र तेश्रोमा २४–१५ को प्रदर्शन गर्यो । चौथोमा बूढानीलकण्ठले ३१–१६ को फराकिलो अग्रता बनाउदै समग्रमा ५ अंकले नतिजा आफ्नो पक्षमा पार्यो ।
यसअघि पुरुषमै दारीले प्ले बक्सलाई ८२–५३ तथा सोलोले धरानलाई ७९–६६ ले पाखा लगाएका थिए । दारीका विक्रम डंगोलले १९ तथा सोलोका प्रगुन महर्जनले २७ अंक जोडे ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको महिलामा स्टार्स ग्रान्डीले बूढानीलकण्ठलाई ४९–३५ ले पन्छायो ।
ग्रान्डी स्टार्सकी रिन्चेन मोक्तानले १८ स्कोर गरिन् । दुई खेलमा बूढानीलकण्ठको यो पहिलो हार हो ।
प्रतिक्रिया 4