+

पाँचौं राष्ट्रिय वादोरियो करातेको उपाधि लुम्बिनी प्रदेशलाई

२०८३ जेठ  २५ गते २१:०८ २०८३ जेठ २५ गते २१:०८
पाँचौं राष्ट्रिय वादोरियो करातेको उपाधि लुम्बिनी प्रदेशलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको उपाधि चार स्वर्ण पदकसहित लुम्बिनी प्रदेशले जितेको छ ।
  • प्रतियोगितामा पुरुषतर्फ कोशीका अङ्कित लिम्बू र महिलातर्फ मधेशकी अनु मोक्तान उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • विजेता खेलाडी तथा टोलीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता लगायतले पुरस्कार तथा पदक वितरण गर्नुभयो ।

२५ जेठ, काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा सम्पन्न पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्यो। ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित कोशी प्रदेश दोस्रो तथा ३ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित मधेस प्रदेश तेस्रो स्थानमा रह्यो ।

व्यक्तिगत तर्फ पुरुषतर्फको उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) को उपाधि कोशी प्रदेशका अङ्कित लिम्बूले प्राप्त गरे । उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यसैगरी महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि मधेश प्रदेशकी अनु मोक्तानले जितिन् । उनले ५० केजी तौल समूहमा स्वर्ण पदक हासिल गरेकी थिइन् ।

प्रतियोगिताका विजेता खेलाडी तथा टोलीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, गोजुरियो करातेका अध्यक्ष गणेश कार्की, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ, वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, संघका पदाधिकारी लगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए ।

प्रतियोगितामा देशभरका ७ वटा प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले राष्ट्रिय स्तरमा कराते खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।

पाँचौं राष्ट्रिय वादोरियो कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय