+

एन्जल्स हार्ट भलिबल : लालीगुराँस र हिमरश्मि सेमिफाइनलमा

२०८३ जेठ  २५ गते २१:०९ २०८३ जेठ २५ गते २१:०९
एन्जल्स हार्ट भलिबल : लालीगुराँस र हिमरश्मि सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालीगुराँस, हिमरश्मि, कल्याण र न्युटन दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
  • सेमिफाइनलमा न्युटन र कल्याण तथा लालीगुराँस र हिमरश्मिबीच प्रतिस्पर्धा हुने आयोजकका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकीले जनाउनुभयो ।
  • मंगलबार सम्पन्न हुने प्रतियोगिताका शीर्ष तीन विजेता टोलीले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

२५ जेठ, काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मि दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा लालीगुराँसले सेन्ट लरेन्सलाई २५–२०, २३–२५ र १७–१५ ले पराजित गर्‍यो । हिमरश्मिले आयोजक एन्जल्स हार्ट माविलाई २७–२५ र २५–२० को सोझो सेटमा हरायो ।

कल्याण मावि र न्युटनले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । कल्याणले ग्रिनफिल्डलाई २३–२५, २५–१७ र १५–५ ले पाखा लगायो । न्युटनले चाणक्यको चुनौती सीधा सेटमा २५–२१ र २५–२२ ले पन्छायो ।

सेमिफाइनलमा न्युटन र कल्याण तथा लालीगुराँस र हिमरश्मिबीच हुने एन्जल्स हार्टका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकीले जनाएका छन् ।

प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् ।

उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

एन्जल्स हार्ट भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय