+

एसियाली खेलकुदको तेक्वान्दोका लागि अभिषेक छनोट

२०८३ जेठ  २५ गते २१:०९ २०८३ जेठ २५ गते २१:०९
एसियाली खेलकुदको तेक्वान्दोका लागि अभिषेक छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको आइची–नागोयामा हुने २०औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् ।
  • उक्त प्रतियोगितामा सहभागी अन्य खेलाडीहरूलाई वाइल्ड कार्डमार्फत खेलकुदमा सहभागी गराउन तेक्वान्दो संघले प्रक्रिया अघि बढाएको छ ।
  • पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन विश्व वरीयताका आधारमा एसियाली पारा खेलकुदका लागि छनोट भइसकेकी छन् ।

२५ जेठ, काठमाडौं । जापानको आइची–नागोयामा हुने २०औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

गत मे २१ देखि २४ तारिखसम्म मंगोलियाको उलानबटारमा भएको २७ औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा अभिषेकसहित ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । अन्य खेलाडीको पनि एसियाली खेलकुदमा ‘वाइल्ड कार्ड’ मार्फत सहभागिताका लागि प्रकृयामा रहेको तेक्वान्दो संघले जनाएको छ ।

एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेश गोबर्धन विश्व वरीयताका आधारमा छनोट भइसकेकी छन् ।

अभिषेक बराल एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय