+

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित, मेसीको पेनाल्टी गोल

२०८३ जेठ  २७ गते ११:३८ २०८३ जेठ २७ गते ११:३८
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित, मेसीको पेनाल्टी गोल

२७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ ।

अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए ।

तयसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । मेसीले ७२औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसपछि थियागो अल्माडाले ८७औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।

विश्वकपको साविक विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलहरु जित्दै जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ मा उपाधि रक्षा गर्न तयार रहेको सन्देश दिएको छ ।

फिफा विश्वकप २०२६ मा समूह जे मा रहेको अर्जेन्टिनाले पहिलो खेल १६ जुनमा अल्जेरियासँग खेल्नेछ ।

अर्जेन्टिना फुटबल मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय