0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सामसङ नेपालद्वारा विश्वकप सिजनलाई लक्षित विशेष टिभी अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १२:००

२७ जेठ, काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टीभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर २०२६ जुलाई १९ सम्म लागु रहनेछ।

अफरअन्तर्गत छनोट गरिएका सामसङ टीभी मोडेलमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यासब्याक) सुविधा उपलब्ध गराइएको छ । कम्पनीले विश्वकपको रोमाञ्चक माहोललाई अझ उत्कृष्ट ढंगले घरमै अनुभव गर्न ग्राहकलाई ठूलो तथा उच्च गुणस्तरको स्क्रिनमा स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गरेको जनाएको छ।

यसैगरी, ७५ इन्च वा ८५ इन्चका सामसङ टीभी खरिद गर्ने ग्राहकले ४९ हजार ९९० रुपैयाँ मूल्य बराबरको साउन्डबार जम्मा ९ हजार ९९९ मा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार उक्त साउन्डबारले टीभीको दृश्य अनुभवसँगै शक्तिशाली तथा आकर्षक ध्वनी अनुभवसमेत प्रदान गर्नेछ।

ग्राहकले विश्वकपका खेलहरू तथा अन्य मनोरञ्जनात्मक सामग्री सहज रूपमा हेर्न सकुन् भन्ने उद्देश्यले सामसङले निःशुल्क विश्वकप लाइभ सदस्यता (सब्स्क्रिप्सन) का साथै निःशुल्क नेट टीभी प्याकेजको सुविधा पनि उपलब्ध गराएको छ।

क्यूएलईडी तथा यूएचडी मोडेल खरिद गर्ने ग्राहकले १२ महिनासम्मको निःशुल्क नेट टीभी प्याकेज प्राप्त गर्नेछन् भने एफएचडी तथा एचडी मोडेल खरिदकर्ताले ६ महिनासम्मको निःशुल्क नेट टीभी प्याकेज पाउनेछन्।

त्यसैगरी, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवाअन्तर्गत ग्राहकले १२ वा २४ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) योजनामा टीभी खरिद गर्न सक्नेछन्।

नयाँ सामसङ टिभी खरिद गर्न चाहने ग्राहकले आफ्ना पुराना उपकरणहरू ‘अर्कोस्टोर’ मार्फत वा देशभर रहेका अधिकृत सामसङ विक्रेतामार्फत साटासाट गर्न सक्ने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकको अधिकृत सामसङ बिक्री केन्द्रमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?