२७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन ।
९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्मा राखेको बताइन् ।
‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रुपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, बलात्कार गर्ने धम्की, अक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइरहेको छ’ उनले भनिन् ।
यस्तो धम्की सबै सनातनीहरूमाथि रहेको उनले बताइन् । नेपालको गरिबीका कारण लोभ देखाएर धर्म परिवर्तन समेत गराउने गरिएको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4